२०७७ कार्तिक १३ गते बिहिवार

इन्डिगो पेन्ट्सको अन्तरक्रिया


दाङ, बैशाख १८ ।
इन्डिगो पेन्ट्सले तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । इन्डिगो पेन्ट्स तुलसीपुरका प्रोप्राईटर रोशन शाहको अध्यक्षता एवं पेन्ट्सका अध्यक्ष तुलसीप्रसाद भुसालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

नेपालीको लागनीमा उत्पादन भइरहेको पेन्ट्सले छोटो समयमै उपभोक्ताले अत्यधिक रुचाएको बक्ताहरुले दाबी गरे । उनीहरुले इन्डिगो पेन्ट्स अरुभन्दा स्वास्थ्य मैत्री रहेको, सस्तो, भरपर्दो र राम्रो रहेको बताएका छन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ५ का वडा सदस्य सुरेश श्रेष्ठ, प्रजातान्त्रिक उद्योग व्यवसायी संघका महासचिव झलक केसीलगायतले इन्डिगो पेन्ट्सले भविष्यमा आम उपभोक्ताको मन जित्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए । तुलसीपुरको होटल वेस्टर्न पार्टी प्यालेसमा भएको कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *