२०८१ बैशाख २३ गते आइतवार

“द पार्क क्याफे”को अर्को सफलता “नेपाली चुलो” सञ्चालनमा

तुलसीपुर,असोज ४ । तुलसीपुर स्थित द पार्क क्याफेमा अबदेखि नेपाली खाना पनि खान पाइने भएको छ ।

विगत पाँच वर्षदेखि गुणस्तरिया नास्ता खुवाएर ग्राहकहरुको मन जित्न सफल द पार्क क्याफेले नेपाली चुलो सञ्चालनमा ल्याएको छ ।

बिहीबार द पार्क क्याफेमा नेपाली खाना पाइने नेपाली चुलोको उद्घाटन गरिएको छ ।

नेपाली चुलोमा शुद्ध नेपाली खाना पाइने सञ्चालक राजेन्द्र महतराले जानकारी दिए ।

नेपाली खानामा भेज थाली सेट, चिकेन थाली सेट, मटन थाली सेट, लगायत तन्दुरी रोटी, नान रोटी पनि पाइने सञ्चालक महतराले बताए ।

सञ्चालक महतराका अनुसार नेपाली चुलोमा पाकेका तरकारीहरुमा सुश सिलौटामा पिसेको मसला प्रयोग गर्नुका साथै सिलौटामै पिसेको अचार पाइने छ ।

ग्राहक वर्गको मागलाई मध्यनजर गर्दै नेपाली चुलो सञ्चालनमा ल्याएको बताउँदै सञ्चालक महतराले ग्राहकहरुको माग भएमा हप्तामा एक वा दुई दिन ढिडो सिस्नो पनि बनाउने सोच रहेको बताए ।

नेपाली चुलोमा अन्य सस्तोमा गुणस्तरिय खाना खुवाइने महतराले बताए । द पार्क क्याफेले विगत पाँच वर्षदेखि तुलसीपुरमा ग्राहक वर्षमा गुणस्तरिय सेवा दिदै आएको छ ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *