२०८१ बैशाख १९ गते बुधवार

मातृ मृत्युदर र कुपोषण शून्यमा झार्ने भूमिका खेल्छौं – स्वास्थ्य मन्त्री खनाल

दाङ, असोज ४ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशबाट मातृ मृत्युदर र कुपोषण शून्यमा झार्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

दाङ जिल्लामा रहेका स्वास्थ्य सँस्था, अस्पताल तथा दस वटै पालिकाका स्वास्थ्य शाखाले चालु आर्थिक वर्षमा गरेका स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरिय वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले त्यस्तो बताएका हुन ।

सात प्रदेश मध्ये लुम्बिनी प्रदेश मातृ मृत्यु र कुपोषणमा धेरै पछाडि रहेको भन्दै त्यसलाई शून्यमा झार्ने गरि काम गर्न आाबश्यक रहेको बताए ।

मन्त्री खनालले स्थानिय सरकारलाई अबको कार्यक्रम त्यसमा केन्द्रित गर्नपनि आग्रह गरे ।

‘मातृ मृत्युदर र कुपोषण सुन्यमा झार्नुपर्ने चुनौती हाम्रा सामु छ,’ उनले भनेका थिए ‘पालिकाका कार्यक्रम त्यसतर्फ केन्द्रित गर्नुस, आबश्यक सहयोग र सहकार्य गर्न प्रदेश सरकार तयार छ ।’

सर्ने रोगलाई खोप लगायतले रोकेपनि नसर्ने रोग घातक स्वास्थ्य समस्याको रूपमा देखिएको भन्दै मन्त्री खनालले त्यसलाई रोक्न काउन्सिलिङ आबश्यक पर्ने हुँदा त्यसमा जोड दिन आग्रह गरे ।

त्यसलाई पनि स्थानीय तहले आफ्नो कार्यक्रममा राखेर प्रदेशसंग सहकार्य गर्न सकिने उनको धारणा थियो ।

स्थानीय तहका अस्पतालबाट रिफर भएका बिरामीको आफ्नै ठाउँमा विशेषज्ञ उपचार पाउने ब्यवस्था गर्न प्रदेश सरकार लागी रहेको मन्त्री खनालले बताएका थिए ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *