२०८३ भाद्र १२ गते शुक्रवार

संविधान दिवसमा तरुल दलको तुलसीपुरमा दीप प्रज्वलन

तुलसीपुर, असोज ३ । संविधान दिवसको अबसरमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले तुलसीपुरमा दीप प्रज्वलन गरेको छ ।

तुलसीपुरस्थित विपी चोकमा बुधबार बेलुकी नेपाल तरुण दलले संविधान दिवसको खुसीयालिमा दीप प्रज्वलन गरि उत्सवका रुपमा मनाएको हो ।

नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिका कार्यबहाक अध्यक्ष सुरेन्द्र राठौरको अध्यक्षता र जिल्ला अध्यक्ष टीकाराम घर्तीको प्रमुख आथित्यमा दीप प्रज्वलन कार्यक्रम गरिएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि घर्तीले सम्बोधन गर्दै संविधानको अक्षरस पालना भए सर्वसाधारण नागरिकले बल्ल मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको अनुभूत गर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेताका साथै भातृ संगसंठन र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

जिल्ला सचिव धुर्व आचार्यले कार्यक्रमको सहजीकरण गरेका थिए ।

जिल्लाका प्रमुख सहरहरुमा पनि यसै गरि संविधान दिवसको अवसर पारी दीप प्रज्वलन गरिएको थियो ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *