शरद रेग्मी,
तुलसीपुर, बैशाख १७ । तुलसीपुर नगरबिकास समितिको अध्यक्षमा मेयर घनश्याम पाण्डे नियुक्त भएका छन । सघन सहरि तथा भवन निर्माण आयोजना अन्तर्गत २०७५ बैशाख १२ गतेको सचिब स्तरिय निर्णय अनुसार स्थानीय निकायलाई सञ्चालनको जिम्मा दिने भन्ने परिपत्र अनुसार पद हस्तान्तरण गरिएको हो । नगरबिकास समितिका अध्यक्ष यज्ञबहादुर केसीले आज एक कार्यक्रमका बिच औपचारिक रुपमा तुलासिपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । सो अबसरमा बोल्दै नबनियुक्त अध्यक्ष तथा नगर प्रमुख घनश्याम पाण्डेले तुलसिपुरलाई स्मार्ट र नमुना शहर बनाउने बताए ।उनले तुलसिपुर क्षेत्रको बृहत्तर बिकास गर्दै सुरक्षित,ब्यबसायिक र बिकसित शहरका रुपमा बिकास गर्न आफु लागिपर्ने बताए ।
उनले २३ साल देखि सञ्चालनमा आएको तुलसिपुर नगर बिकासको ईतिहास खेजेर पहिलेको शहर र अहिलेको नयाँ शहर सञ्चालन गर्ने बिधिका बारेमा व्यापक छलफल र अन्तरक्रिया गर्ने योजना समेत अघि सार्ने बताए । पाण्डे यसअघि पनि एक कार्यकमका लागि नगर बिकास समितिको अध्यक्ष भएर काम गरिसकेका छन ।
समितिका अध्यक्ष यज्ञबहादुर केसिको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले तुलसीपुरलाई ब्यबस्थितरुपमा बिकास गर्न सुझाव दिएका थिए । उनिहरुले नगर बिकास समितिले उच्च अदालत तुलसीपुरलाई जग्गा दिने भनी गरेको निर्णय तत्काल कायान्वयन गराउन पहल थाल्न समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा नागरिक समाज दाङका सल्लाहकार एव उपभोक्ता समितिका सयोजक टिकाराम रेग्मीले नगर बिकासले दोघर्रेमा सुरु गरेको प्लानिङलाई ब्यबस्थापन गर्दै सार्वजनिक संरचनाहरु निर्माणमा पहल थाल्न सुझाव दिए । त्यसै गरि कार्यक्रमका अध्यक्ष यज्ञबहादुर केसिले आफुहरुको पालोमा महत्त्वपूर्ण कामहरुको सुरुवात भएको भन्दै राम्रा कामहरुको निरन्तरता हुनुपर्नेमा जोड दिए । उनले अरणिको मैदान लाई खेलमैदानका रुपमा बिकास गर्नका लागि काम अगाडि बढेको,दोघर्रे जग्गा एकीकरण आयोजनामा नाला निर्माणको काम सम्पन्न ,बिजुली र खानेपानी ब्यबस्थापनका लागि ५० लाख रकम बिनियोजन गराउन सफल भएको बताए । उनले उच्च अदालतलाई जग्गा प्रदान गर्न सफल भएको भन्दै आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा सघन शहरी तथा भबन निर्माण आयोजना दाङका प्रमुख परिक्षित कडैया, तुलसिपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द सारु,पुर्व सदस्य सचिब टिकाराम पोख्रेल लगायले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख लिलाबाबु सिवाकोटीले गरेका थिए ।