२०८० असोज १५ गते सोमवार

इन्धनको मूल्य फेरि बढयो


दाङ,भदौ ३० ।नेपालमा इन्धनको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको हो ।

यस अनुसार पेट्रोलको मूल्य अब दाङ र सुर्खेतमा १८२ रुपैँया र विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *