२०७७ कार्तिक १२ गते बुधवार

मुख्य मन्त्री पोखरेल रोल्पा जाँदा विप्लवका कार्यकर्ताले बम पड्काए

फाइल तस्बिर

दाङ, बैशाख १६ । ५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल रोल्पा जिल्ला पुग्दै गर्दा नेत्र विक्रम चन्द (विप्लव)का कार्यकर्ताले बम पड्काएर प्रतिकात्मक विरोध जनाएका छन् । नेपकाका प्रदेश इञ्चार्ज समेत रहेका मुख्य मन्त्री पोखरेल सोमवार दिउँसो रोल्पाको सदरमुकाम लिवाङमा आयोजित जनप्रतिनिधिसंग अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्न भन्दै प्रमुख बक्ताको रुपमा रोल्पा पुगेका हुन ।

पोखरेल लिवाङ पुग्दै गर्दा दिउँसो २ बजेतिर विप्लवका कार्यकर्ताले विरोध स्वरुप बम विस्फोट गराएका थिए । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख एवं डिएसपी दिपक खड्काले बनमा कतै बम विस्फोट भएको आवाज आएको जानकारी दिए । तर रोल्पाका एकजना पत्रकारले भने बम विस्फोटको आवाज सदरमुकाम लिवाङ सम्म जोडले सुनिदा सर्वसाधारण त्रसिद बनेको जानकारी दिए ।

डिएसपी खड्काका अनुसार सदरमुकाम लिबाङको वडा नं. ४ स्थित तित्रीकोट जंगलमा बम विस्फोट गराइएको थियो । प्रहरी घटनास्थल पुगेर आइ सकेको र त्यहाँ सामान्ने सुतली बम विस्फोट गराएको देखिएको प्रहरीले बताएको छ । मुख्य मन्त्री झन्डै ८÷१० किलोमिटर टाढा रहेको समयमा बम विस्फोटको आवाज आएको प्रहरीले जानकारी दिएको छ ।

हामीले मुख्य मन्त्रीलाई रोल्पामा स्वागत गरेका हौं – विप्लवका एक नेता
बम बिस्फोटको विषयमा बुझ्न खोज्दा एकजना विप्लवका स्थानीय नेताले भने आफुहरुले मुख्य मन्त्रीलाई स्वागत गरेको बताएका छन् । ‘हामीले मुख्य मन्त्रीलाई रोल्पामा आउँदा स्वागत गर्नु परेन,’उनले आक्रोसित हुँदै भने ‘कम्युनिष्टका खोल ओढेका यस्ता पाखण्डीहरुलाई रोल्पामा कुनै स्थान छैन।’ त्यसलाई आफुहरुको सांकेतिक विरोध र असन्तुष्टि प्रकट भएको रुपमा बुझ्न आग्रह गरेका उनले सरकार यही ढंगले पेलेरै चल्न खोजे परिनाम राम्रो नहुने चेतावनी दिए।

प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *