
वैशाख १६ । नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रवक्ता पदबाट पदमुक्त भएका छन् ।
दुबईका लागि बोर्डिङ भएको नेपाल एयरलाइन्सको जहाज उडान क्यान्सिल भएपछी उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएपछी उनि कारवाहिमा परेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामालाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारी सहितको पत्र प्राप्त निगमले उनलाई पदमुक्त गरेको हो ।
प्रवक्ता पदमा रहिन्जेल लामाले जहाज उडाउन नपाउने भएपछि उनलाई प्रवक्ताबाट पदमुक्त गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार
