२०८३ बैशाख ११ गते शुक्रवार

घोराहीमा अबदेखि बिद्यालय आँफैले विद्यार्थीलाई तयारी पोशाक बेच्न नपाउने

तुलसीपुर , भदौ १३ । दाङको घोराही उपमहानगरपालिकाले अबदेखि बिद्यालय आँफैले बिद्यार्थीलाई तयारी पोशाक बेच्न नपाउने निर्णय गरेको छ ।

सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले भदौ ३ गते जारी गरेको बिज्ञप्तिमामा त्यस्तो कुरा उल्लेख छ ।
नगर भित्रका निजी र सामुदायिक विद्यालयलाई त्यस्तो निर्देशन दिइएको छ । ‘अबदेखि विद्यालयबाटै विद्यार्थी पोशाक लगाएतका तयारी समाग्री बिक्रि गर्न पाइने छैन,’ गौतमले भने ‘ यसले बिद्यार्थी र अभिभावकको स्वतन्त्रता खोसेको छ ।’

घोराहीले यस्तो निर्णय साउन २२ गते गरेको भएपनि भदौ ३ गते मात्रै गौतमले सार्वजनिक रुपमा यस्तो निर्देशन जारी गरेका थिए । जस्मा विद्यार्थीका पोशाक, टाइ, बेल्ट र जुत्तालगायत सामग्री खरिद एवं सिलाइ गरी बिक्री नगर्न निर्देश गरिएको छ ।


त्यसभन्दा पहिले नेपाल कपडा तथा सिलाइ व्यवसायी संघले घोराहीका मेयर नरुलाल चौधरीलाई भेटेर बिद्यालयले तयारी पोशाक बेच्न थालेपछि आँफुहरु मर्कामा परेको तथा अभिभावक र विद्यार्थीेका स्वतन्त्रता खोसिएको भन्दै ध्यानाकर्षण गराएका थिए ।
बिद्यालयले होलसेलमा त्यस्ता सामाग्री तयार पार्न लगाइ बिद्यार्थीबाट गलत तरिकाले मुनाफा लिने गरेको भन्दै त्यो कार्य रोकिनु पर्ने सिलाइ ब्यबसायीहरुले माग गरेका थिए ।

घोराहीको पछिल्लो निर्णय संगै अबदेखि विद्यार्थीले विद्यालय पोशाक आँफुले रोजेको ठाउँबाट आँफै किन्न तथा सिलाएर लगाउन पाउनले आशा गरिएको छ । यद्यपी कपिपयले निर्णय कार्यान्वयन हुनेमा आशंका ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *