२०८१ भाद्र २३ गते आइतवार

क्रिश्चियन धर्म प्रचारकलाई छुटाउन खोजेको भन्नु गलत हो’ – संघीय सभामुख महरा

फाईल तस्बिर

दाङ, वैशाख १४ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले क्रिश्चियन धर्म प्रचारका क्रममा दाङबाट पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन आफुले प्रहरीलाई दबाब नदिएको स्पष्ट पारेका छन् ।

महराले एक प्रेस बक्तव्य प्रकासित गर्दै केही अनलाइनहरुले निकै भ्रामक र कपोलकल्पित आरोप लगाएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । लगाइएको आरोप निराधार भएको हुँदा त्यसवारे कुनै पनि भ्रममा नपर्न सभामुख महराले सबैमा आग्रह गरेका छन् ।

महराका प्रेस संयोजक डिल्ली मल्लद्धारा शुक्रवार साँझ जारी प्रेस बक्तव्यमा भनिएको छ ‘उक्त घटनाका बारेमा सभामुखज्यूलाई कुनै जानकारी नै नभएको र प्रहरी तथा स्थानीय प्रशासनका कोही पनि अधिकारीसँग फोन सम्पर्क नै नभएको अवस्थामा उल्टै पक्राउ परेका व्यक्तिलाई छुटाउन दबाब दिएको भनी सभामुखज्यूको चरित्र हत्या गर्ने उद्देश्यले पत्रकारिताको नाममा गरिएको घृणित क्रियाकलापले मलाई निकै दुःखी बनाएको छ ।’

उनले उक्त आरोप प्रमाणित गर्न म सम्बन्धित अनलाइनहरु र सञ्चालकलाई चुनौति समेत दिएका छन् ।
उनले भनेका छन्– ‘चरित्र हत्या गर्ने, बार्गेनिङ गर्ने र भ्रम फैलाउने जस्ता गलत नियतबाट गरिने धन्दा कहिल्यै पनि पत्रकारिता हुन सक्दैन ।’

यसैबीच पत्रकारलाई पत्रकारिताको न्यूनतम मूल्यमान्यताको पालना गर्न आग्रह समेत गरिएको छ । प्रेस व्यक्तव्यमा भनिएको छ– ‘पटक–पटक सुनियोजित ढंगले सभामुखज्यूमाथि गरिएको हमलाको उचित कानूनी उपचारको बाटो खोजिने छ।’

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *