२०८२ माघ १ गते बिहिवार

सोनापुर सिमेन्टको आइपिओ सर्वसाधारणका लागि १५ दिन थप

शरद रेग्मी, दाङ, भदौ ८ । सोनापुर मिनरल्स एण्ड आयलले साउन २९ गतेदेखि आइपिओ निष्कासन गरेको थियो । भदौ ११ गते सम्म आइपिओ भर्न समय सिमा तोकिएकोमा स्थानीयहरुका लागि भने अरु १५ दिनका लागि समय सीमा थप गरिएको छ ।

उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीयका लागि १०० रुपैंया अंकित मूल्यमा १२५ रुपैंया प्रिमियम थप गरि प्रति सेयर २२५ रुपैंयामा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निस्कासन गरे पनि सूचनाको अभाबका कारण सर्बसाधारणले आईपिओ भर्न पाएका थिएनन ।

सर्बसधारणले आईपिओ भर्न नपाएको गुनासो बढेपछि कंम्पनिले पन्ध्र दिन समय थप गरेको महाप्रबन्धक हरि पाठकले जानकारी दिए । कंम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको थियो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैंयाको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैंया दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता साधारण सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि १०० रुपैंया अंकित मूल्यमा १३७ रुपैंया ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्कासन गरेको हो।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन

वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन खुल्ला गरिएकोमा यस अघिनै आइपिओ खुलेकै दिन ओभर सस्क्राइब भैसकेको कंम्पनिले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *