२०७७ कार्तिक १५ गते शनिवार

कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्न काँग्रेस नेता बस्नेत दाङ आउने


दाङ, बैशाख ९ ।
नेपाली काँग्रेसको राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत दाङमा बुधबार कार्यकर्ता भेटघाट कार्यक्रम हुने भएको छ । ‘हिमाल पहाड तराई मधेस, नेपाली काँग्रेस’ भन्ने मूल नाराका साथ देशभर सञ्चालन गर्न लागेको राष्ट्रिय जागरण अभियानअन्तर्गत पहिलो दिन बैशाख ११ गते घोराहीमा कार्यकर्ता भेटघाट कार्यक्रम हुने भएको हो ।

नेपाली काँग्रेस दाङको आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्नका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत दाङ आउने पार्टीका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए ।

साथै उनले बैशाख ११ गते बुधबार घोराही उपमहानगरपालिकाको हलमा हुने कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण नेता कार्यकर्ता, भातृ संघ संगठन, सुभेच्छुक संघसंस्थाहरुलाई अनुरोध गरेका छन् ।

यस्तै बुधबार दाङमा हुने कार्यक्रममा सहभागीताका लागि नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ३ ले पनि सम्पूर्ण क्षेत्रीय समिति, भातृ संघ संगठन एवं सुभेच्छुक संघ संस्थाहरुलाई अनुरोध गरेको छ ।

क्षेत्रीय सभापति भूपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले सोमबार विज्ञप्ति जारी गरी बुधबार बिहान ११ बजे घोराही उपमहानगरपालिकाको हलमा हुने कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्णमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *