२०७७ फाल्गुन १३ गते बिहिवार

विप्लवका दुई केन्द्रीय सदस्य राम्रीवाट पक्राउ

फाइल तस्बिर

दाङ, वैशाख ६ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको दुईजना केन्द्रीय सदस्यसहित तीन जना नेतालाई शुक्रवार प्रहरीले राम्रीवाट पक्राउ गरेको छ । सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ बथेला निवासी ४२ बर्षीय चन्द्रबहादुर खड्का (असल) र रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ झ्याम निवासी अन्दाजी ५३ बर्षीय चुडामनि वली (आदर्ष) गरि दुईजना केन्द्रीय सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्य खड्का पूर्व माओवादी लडाकुका विग्रेड कमाण्डर रहेको स्रोतले जानकारी दिएको छ । दाङको तुलसीपुरवाट राप्ती राजमार्ग हुँदै सल्यान तर्फ स्कार्पियोमा जाँदै गरेका उनीहरुलाई प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्री क्षेत्रवाट पक्राउ गरेको थियो । पक्राउ पर्ने अर्का रोल्पा जिल्ला कमिटीका सदस्य हुन । उनी रोल्पा निवासी केन्द्रीय सदस्य वलीका सहोद्र ४१ बर्षीय भाई रहेको स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी प्रहरीले स्कार्पियो चालक लगाएत अन्य केही व्यक्तिहरु समेत गरि आधा दर्जन जतिलाई पक्राउ गरेको स्रोतको दाबी छ । यो विषयमा प्रहरीले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न मानेको छैन ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *