२०८२ माघ ४ गते आइतवार

पढ्दै कमाउँदै कार्यक्रममा प्रविधिको प्रयोग

तुलसीपुर,असार ३१ । तुलसीपुर बहुप्राविधिक शिक्षालय कृषि तथा वन विज्ञानमा अध्ययनरत विद्यार्थीले पढ्दै कमाउँदै अभियान अन्तर्गत पुष्प व्यवसायलाई थप विस्तार गर्न प्रविधिको प्रयोग गर्न थालेका छन् ।

विद्यार्थीले पुष्प व्यवसाय विस्तारका लागि गत वर्ष पुष्प खेतीबाट आम्दानी गरेको रकमले पावर ट्रिलर खरिद गरेका छन् ।

विद्यार्थी सन्दिप मल्लले कृषिलाई यान्त्रीकरणसँगै जोड्दै कम लागतमा धेरै आम्दानी गर्न पावर ट्रिलर खरिद गरेको बताए ।

विद्यार्थी मल्लकाअनुसार गतवर्ष गरेको पुष्पखेती उत्पादन बढाउन विद्यार्थीले नै बनाएको कोषबाट ट्रिलर खरिद गरेको बताए ।

मल्लले गत वर्ष दश कठ्ठा क्षेत्रफलमा मात्रै पुष्पखेती गरेकोमा अहिले प्रविधिको प्रयोग गरेर क्षेत्रफल थप बढाउन थालिएको बताए ।

कृषि विषय अध्ययन गर्दैआएकी विद्यार्थी स्पन्दन भुषालले गतवर्ष पुष्प बिक्री गरेकोमा यो वर्ष फूलका बिरुवा समेत बिक्री गर्ने तयारी भइरहेको बताए

कलेजले पढ्दै कमाउँदै अभियान अन्तर्गत पुष्पखेती, बेमौसमी तरकारी खेतीमा विद्यार्थीलाई जोड्दैआएको छ ।

कलेज प्रमुख वसन्त आचार्यले शिक्षालयको सहयोगमा पछिल्लो समय विभिन्न प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले पढ्दै कमाउँदै गरिरहेको बताए ।

शिक्षालय प्रमुख आचार्यले विद्यार्थीले फुलखेतीबाट आर्जन गरेको पैसाले विद्यार्थीले नै कोष बनाउने समेत जानकारी दिए ।

गतवर्ष विद्यार्थीले पुष्प खेतीबाट चार लाख आम्दानी गरेका थिए ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *