२०७७ कार्तिक ४ गते मङ्गलवार

विप्लवको वन्दले जनजीवन प्रभावित


दाङ, वैशाख ५ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल वन्दको प्रभाव विहानै देखि दाङ लगाएत देशै भर परेको छ। वन्दको कारण दाङको सामान्य जनजीवन प्रर्भावित भएको छ । वन्दका कारण यातायात, बजा, कलकारखाना, उद्योग र शैक्षिक संस्था ठप्प छन् ।

सरकारले प्रतिवन्ध लगाएपछि विप्लवको यो पहिलो वन्द हो । उस्ले पक्राउ गरेका आफ्ना नेता कार्यकर्ताको विना सर्त रिहाइको माग पनि गरेको छ ।

प्रतिवन्ध फुकुवा नगरे बैशाख ६ गते प्रधानमन्त्रीका कार्यक्रम माथि नै प्रतिवन्ध लगाउने तथा प्रधानमन्त्री जाने हरेक कार्यक्रमहरुमा वन्द गरिने उक्त पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *