२०८१ भाद्र २८ गते शुक्रवार

पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकारहरु आन्दोलित

 

दाङ,वैशाख ४ । नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । कास्किका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरिएको विरोधमा महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै महासंघ आन्दोलित बनेको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजालमार्फत विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध गर्ने निर्णय गरेको छ । त्यस्तै बैशाख ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।

विहीवार नै केन्द्रीय समितिले गृहमन्त्रालय र संचार मन्त्रालयमार्फत विरोध पत्र बुझाउने कार्यक्रम पनि तय गरिएको छ । केन्द्रिय समितिको निर्देशन अनुसार नेपाल पत्रकार महासंघ दाङ शाखाले पनि बैशाख ५ गते बिहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला प्रशासन कार्यालय दाङमा धर्ना दिने कार्यक्रम तय गरेको जिल्ला सचिव भुपेन्द्र वलीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा आन्दोलनमा सहभागिता, समर्थन र ऐक्यवद्धताका लागि जिल्लामा क्रियाशिल सम्पुर्ण सञ्चारकर्मी , शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकार, केन्द्रिय तथा प्रदेश सभासदहरुलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *