दाङ,बैशाख ३ । घोराही उपमहानगरपािलकाका मेयर नरुलाल चौधरीले मंगलवारदेखि नगर विकास समिति घोराहीको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन् । चैत्र १२ गतेको शहरी विकास मन्त्रालय सचिब स्तरको निर्णय अनुसार स्थानीय तहमा रहेको नगर विकास समितिको अध्यक्षमा सम्बन्धित तह प्रमुख हुने व्यवस्था भएको हुँदा चौधरीले नगर विकास समितिको अध्यक्ष बनेका हुन ।
समितिका निबर्तमान अध्यक्ष बसन्तकुमार चौधरीले नवनियुक्त अध्यक्ष नरुलाल चौधरीलाई बधाई दिदै पद हस्तान्तरण गरेका छन् । यो संगै नगर विकास समितिको पदेन सदस्य सचिबमा घोराही नगरका प्रमुख प्रशासकिय अधिकृत रहने छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा जिल्ला प्रशासनको अधिकृत एक जना, वन, नापी, मालपोतका प्रतिनिधि, ३ जना नगरको कार्यपालिका सदस्य, विकासमा महत्वपूर्ण भूमिका खेलेका एक महिला सहित दुई जना र समितिले आबस्यक ठानेका सामाजिक क्षेत्रमा कृयाशित अन्य व्यक्तिहरु समेत रहने व्यवस्था रहेको छ ।
अध्यक्षको कार्यभार सम्हाल्दै नगर प्रमुख एवं समितिका अध्यक्ष चौधरीले जिम्मेवारीलाई अबसरकारुपमा लिएको प्रतिक्रिया दिए । त्यस्तै उनले आफ्नो कार्यकालमा राम्रो काम गरेर देखाउने प्रतिबद्धता जाहेर पनि गरेका छन् ।