२०८१ भाद्र २५ गते मङ्गलवार

सम्बृद्धिको पूर्व शर्त शान्ति – प्रधानमन्त्री ओली

तस्बिर : कृष्ण पौड्याल को फेसबुकबाट

काठमान्डौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशबासीका नाममा सम्बोधन गरेका छन्।

सरकारी निवास बालुवाटारबाट आईतबार बिहान सम्वोधन गर्दै ओलीले मुलुक विकासको पथमा लम्किएको बताए । उनले नयाँ वर्ष २०७६ साल विशेष उपलब्धिमूलक वर्ष हुने दाबी पनि गरे । सम्बृद्धिको पूर्व शर्त शान्ति भएको भन्दै उनले शान्तिका लागि बितेको वर्षमा मुलुकले राजनीतिक रुपले महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे।

उनले सिके राउतसंग भएको राजनीतिक सहमति निकै महत्वपूर्ण भएको उल्लेख गरे । यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको उनको दाबी छ ।
अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधान अनुरुप राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गर्नु सामान्य विषय नभएको प्रधानमन्त्रीले तर्क प्रस्तुत गरे ।
प्रधानमन्त्रीले सबै खाले अतिवाद र आतंकबाट मुलुकलाई छिट्टै मुक्त गरिने प्रतिवद्धता जाहेर गरे। मुलुकमा अब अर्को हिंसाको दुष्चक्र स्वीकार्य नहुने उनले स्पष्ट पारे । शान्तिपूर्ण रुपमा गरिने विरोध र असहमति बाहेकका संविधान विरोधी गतिविधिहरु कडाईका साथ नियन्त्रण गर्ने प्रधानमन्त्रीले स्पष्ट पारे ।

सुशासनको शत्रु भ्रष्टाचार भएको हुँदा त्यसका विरुद्ध सरकार दृढता पूर्वक लाग्ने उनले बताए । भ्रष्टाचार विरुद्धको लडाई चुनौतिपूर्ण भएपनि जुनसुकै मुल्य चुकाएर भ्रष्टाचार उन्मुलन गरि छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै उनले राज्यको सम्पति माथिको अनधिकृत दोहनलाई सरकारले छुट नदिने प्रधानमन्त्रीले स्पष्ट पारे ।

त्यस्तै उनले २०७५ साल नीति निर्माण र विकासको आधार तयार गर्ने सन्दर्भमा निकै उपलब्धिमूलक रहेको दाबी गरे । उनले सरकारले गरेका कामका बारेमा तथ्य र तथ्यांकसहित प्रश्न गर्न सुझाए । प्रधानमन्त्री ओलीले मुलुक समग्र विकासमा पछि परेकाले विकासको गतिलाई अरुले भन्दा तिब्रता दिनुर्नेमा जोड दिए।उनले मुलुकको विकासको गतिलाई अफ्रिकी सिंह र हरिणको दौड जस्तै बनाउनुपर्ने बताए।

प्रकाशित मिति : २०७६ बैशाख १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *