२०७७ मङ्सिर १८ गते बिहिवार

देविका नेपाली काँग्रेस प्रतिष्ठानको सदस्यमा मनोनित


दाङ, चैत ३० । नेपाली काँग्रेसले आफ्नो नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दाङकी देविका नेपालीलाई सदस्यमा मनोनित गरेको छ ।

काँग्रेसले देशभरवाट आरजु देउवा लगाएत ३८ जनालाई प्रतिष्ठानको सदस्यमा मनोनित गरेको छ । दाङकी नेपाली महासमिति सदस्य हुन भने स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको उपमेयरको प्रत्यासी पनि हुन ।
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जनालाई मनोनित गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *