दाङ, चैत २८ । तुलसीपुर क्षेत्रका पशुपालक किसानले गर्दै आएको आन्दोलन फिर्ता लिएका छन् । विहीवार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र किसानका बीच भएको छलफल सहमतिमा पुगेपछि किसान आन्दोलन फिर्तालिन सहमत भएका हुन । ‘मेयर पाण्डे हाम्रा माग सम्वोधन गर्न सहमत भएपछि आन्दोलन फिर्ता गर्ने सहमति भएको हो,’ एकजना किसानले फरक कोणलाई भने ।
गर्मी सुरु हुनुभन्दा पहिले फागुन महिना भित्रै लगाई सक्नुपर्ने खोप नलागाउँदा आफ्ना पशु चौपाया मरेको तथा विमा कम्पनीले पनि विमा गराउन नमानेको भन्दै तुलसीपुर क्षेत्रका किसान चैत २६ गतेदेखि आन्दोलनमा उत्रिएका थिए । विभिन्न चार बुँदे माग राख्दै पशु शाखा कार्यालयको गेटमा ताला लगाएर आन्दोलन थालेका किसानले अगाडि सारेको अर्कौ प्रमुख माग भनेको कृतिम गर्वाधारणको लागि सहज व्यवस्था मिलाईदिनु पर्ने भन्ने थियो ।
पशुलाई भ्याक्सिन दिन सुरु गर्ने र कृतिम गर्वाधारणको लागि वडा नं. १८ का अध्यक्षको संयोजकत्वमा समस्या समाधान समिति निर्माण गरेर उत्पन्न समस्या समाधान गर्ने सहमति पछि आन्दोलन फिर्ता लिइएको ती किसानले बताए ।
यो पनि पढ्नुहोस
किसानको आन्दोलन पछि मात्रै पशुलाई खोप लगाउन सुरु
तुलसीपुरका पशुपालक किसान आन्दोलनमा उत्रिए