दाङ,चैत २७ । दाङको तुलसीपुर क्षेत्रका पशुपालक किसान आन्दोलित भएका छन् । विभिन्न चार बुँदे माग राख्दै किसान आन्दोलनमा उत्रिएका हुन । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल दाङका अध्यक्ष सशिराम बुढाथोकीले खोपको अभावमा धमाधम पशु मर्न थालेपछि खोपको माग गर्दै आन्दोलन गर्नुपरेको जानकारी दिए ।
पशुचौपायामा लाग्ने खोरेत लगाएत महामारी जन्य रोगका विरुद्ध फागुन भित्रै खोप लगाइ सक्नु पर्ने थियो । समयमै खोप नलगाउँदा किसानले पालेका पशु चौपायको क्षति मात्रै भएको छैन विमा कम्पनीले पनि विमा गर्न नमान्दा थप समस्या भएको हुँदा बाध्य भएर आन्दोलनमा उत्रनु परेको अर्का किसान देवराज भण्डारीले बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी क्षेत्रबहादुर खत्रीले आफुले पालेका लोकल कुखुरा एकै दिन ६० वटा एकाएक मरेपनि सम्वन्धित निकाएमा औषधी र सरसल्लाहको लागि पुग्दा कतैपनि चित्त बुझ्दो जवाफ पाउन नसकेको गुनासो गरे । पशु शाखा कार्यालयले नै पछिल्लो समय किसानलाई गर्भधारणको लागि राँगा र साँढे नपाल्न आग्रह गर्दै कृतिम गर्वधारण गराउन आग्रह गर्दै आएको छ । तर खत्रीको एउटा गाईलाई ५ पटक सम्म कृतिम गर्भधारण गराउँदा झन्डै ४ हजार रुपैंया खर्च भएपनि आफुले पालेको गाई गर्भेनी नभएको भन्दै आक्रोस पोखे ।
यो सवालमा पशु विकाश अधिकृत तथा शाखा प्रमुख सुदामु भट्ट कृतिम गर्वधारणवाट सत प्रतिसत सफल कतै नहुने तथा ५० प्रतसित सम्म मात्रै सफल हुने जानकारी दिए । किसानले पुश हिट भएको समय जानकारी दिन नसक्नु, प्राविधिक कमजोरी, औषधी वसार पसारका क्रममा हुने त्रुटिले गर्दा त्यस्तो समस्या आउन सक्ने भट्टको तर्क छ
किन समयमै पशुलाई भ्याक्सिन नलगाइएको हो ? भन्ने जिज्ञासामा पशु विकाश अधिकृत तथा शाखा प्रमुख भट्टले उपमहानगरपालिकाले जम्मा १० लाख मात्रै बजेट छुट्याएको हुँदा रकम अभावमा हालसालै मात्रै खोरतको भ्याक्सिन खदिर गर्न अडर गरेको जानकारी दिए । सुरुमा कार्यपालिकाको बैठले सिलिङ अनुसारको १ करोड रकम छुट्याइएको भएपनि समपुरुक रकम पिटु अन्तगत राखिएको हुँदा भ्याक्सिन खरिद गर्न नसकिएको भट्टले बताए ।
तुलसीपुरका मेयर घनश्याम पाण्डेले भने आन्दोलनको औचित्य नभएको बताए । तर उनले पनि प्रदेश सरकारले समयमै व्यवस्थापन गरेर नपठाउँदा समस्या भएको भन्दै पंक्षिन खोजे । तर किसानले भने एकले अर्कौलाई देखाउँदै उम्कने प्रवृति स्वीकार्य नभएको भन्दै भ्याक्सिन अभावमा मरेका पशुको क्षतिपुर्ती राज्यले दिनुपर्ने माग गर्दै आएका छन् । त्यस्तै उनीहरुले आफुहरुको शान्ति पूर्ण आन्दोलन दवाउन बल प्रयोग भएको भन्दै आक्रोस पनि पोखेका थिए ।
सहुलेतमा प्रदान गर्ने भनिएको ऋण प्राप्त गर्न बास्तविक किसानलाई निकै समस्या रहेको गुनासो किसानहरुको छ ।