तुलसीपुर,जेठ २८ । लुम्बिनी प्रदेशसभामा तीन दिन नीति तथा कार्यक्रममा छलफल हुने भएको छ ।
प्रदेशसभाको आईतबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को संसदमा प्रस्तुत नीति तथा कार्यक्रम सम्बोधन गरेकोमा प्रदेश प्रमख अमिक शेरचनलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतले पारीत गरेको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा र काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना समर्थन गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारीत भएको हो ।
यो संगै जेठ २९,३० र ३१ मा नीति तथा कार्यक्रममा छलफल हुनेछ । आगमी प्रदेशसभा बैठक २९ जेठमा दिउसो १ बजेदेखि बस्नेछ ।
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार