२०८१ बैशाख २१ गते शुक्रवार

अभिनय प्रतियोगिताको तुलसीपुर अडिसन सम्पन्न

तुलसीपुर,जेठ २७ । चलचित्र विकास बोर्डको आयोजना तथा चलचित्र पत्रकार संघ दाङको सहकार्यमा पहिलो चरणको अभिनय प्रतियोगिता अन्तर्गत शुक्रवार तुलसीपुरमा अडिसन सम्पन्न भएको छ ।

बालबालिकालाई कलाकारितासँग जोड्ने र भविष्यमा राम्रा चलचित्र निर्माणका लागि दक्ष कलाकारहरू उत्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतियोगितामा २६ बढी बालबालिकाहरु सहभागी थिए । प्रतियोगितामा छनौट भएका प्रतियोगीहरूले आगामी असार १ देखि ३ गतेसम्म घोराहीमा सञ्चालन हुन लागेको राष्ट्रिय बाल चलचित्र महोत्सवमा भाग लिन पाउनेछन् । शुक्रवार भएको छनौट प्रतियोगिताबाट १० जना कलाकारहरू छनौट हुने छन् ।

चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।

प्रतियोगिताको निर्णायकमा चलचित्र पत्रकार संघ दाङका सल्लाहकार चेतन रेग्मी, शरद रेग्मी संघका निवर्तमान अध्यक्ष शिव पुन र कलाकार झग्गु भण्डारी रहेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *