२०८२ फाल्गुन २१ गते बिहिवार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं,जेठ २६ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्दैछ ।

आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।

जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ । हालसम्म उक्त बजेटमा १ सयभन्दा बढी सांसदले धारणा राखिसकेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन पेश गर्ने पनि कार्यसूची छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *