२०८१ बैशाख २० गते बिहिवार

प्रधानमन्त्री दाहालद्धारा लुम्बिनी केवलकारको उद्घाटन

दाङ,जेठ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुटवल–बसन्तपुर चल्ने लुम्बिनी केवलकारको विहिबार उद्घाटन गरेका छन् ।

बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन्। यही जेठ १५ गतेदेखि सफ्ट ओपनिङ भएको केवलकारको आज औपचारिक उद्घाटन भएको हो ।

उद्घाटनसँगै पधानमन्त्री प्रचण्ड केवलकार चढी उद्घाटन समारोहलाइ सम्बोधन गर्न पाल्पाको तिनाउ-३ मा अवस्थित केवलकारको टप स्टेशन बसन्तपुर डाँडामा पुगेका छन् ।

आईएमई समुहको मुख्य लगानी रहेको केवलकार पाल्पाको तिनाउ गाउँपालिकास्थित वसन्तपुरसम्म करिब ३ किलोमिटर दूरीको छ । केवलकारमा २४ वटा गोन्डुला रहेका छन् ।

वसन्तपुरमा केवलकार संचालनमा आएसँगै बुटवलको पर्यटकीय गन्तव्य थप भएको छ । केवलकारले लुम्बिनी क्षेत्रका आन्तरिकदेखि भारतको गोखरपुर, लखनउसम्मका भारतीय पर्यटकलाई आकर्षित गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *