२०८२ फाल्गुन २१ गते बिहिवार

किसानलाई मल उपलब्ध गराउन सीमाका सुरक्षा अधिकारीसंग कुरा गर्ने छौं – डिल्लीबहादुर चौधरी

तुलसीपुर,जेठ २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रासायनिक मलका लागि नाका क्षेत्रका प्रहरी प्रशासन संग कुरा गरि रहेको बताएका छन् ।

शनिबार दाङको तुलसीपुरमा नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले खेतपातिको समयमा किसानलाई मलको अभाव नहोस भन्नका लागि लुम्बिनी प्रदेश सरकारले तयारी गरिरहेको बताएका हुन ।

आँफुले केन्द्र सरकारलाई खेतीपातिको समयमा प्रयाप्त मात्रामा मल उपलब्ध गराउन अनुरोध गरेको भन्दै मुख्यमन्त्री चौधरीले त्यसो हुन नसके प्रदेश सरकारले नै सुरक्षा निकायसंग छलफल गरि इण्डियाको नाका खोलेर जुन ब्यापारीले मल ल्याउछन् उनीहरुलाई नाकामा पक्राउ नगर्ने ब्यबस्था मिलाइने बताएका थिए ।

किसानले खेतिपातीको समयमा मल नपाएर समस्या भोग्नु नपरोस भन्नका लागि बिकल्पको रुपमा लुम्बिनी सरकारले तयारी थाली सकेको उनले बताए । त्यस्तै मुख्यमन्त्री चोधरीले लुम्बिनीको बिकासको लागि लुम्बिनी सर्किट बनाउनु पर्ने जोड दिए ।


लुम्बिनी प्रदेश सरकारको कुल बजेट ४१ अरव जति मात्रै हुने र त्यो बजेट एउटा जिल्लाको बिकासका लागि पनि अप्रयाप्त रहेको भन्दै उनले बिभिन्न दाताहरु संग हात बढाएको जानकारी दिएका थिए । लुम्बिनीको बिकासको लागि वल्ड बैंक र राजधानीको बिकासको लागि विश्व बैंकलाई आँफुले आग्रह गरेको उनको भनाइ थियो ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय सैयाको बनाउने, दाङको टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तारका लागि छलफल गरिएको र यदी केन्द्र सरकारले बनाएन भनेपनि प्रदेश सरकारले स्वामित्व लिएर एयरपोर्ट बिस्तार गर्ने मुख्य मन्त्री चौधरीले बताएका थिए ।

त्यस्तै थारुहरुको धरोहर दंगीशरण थारु राजाको प्राचिन दरबार क्षेत्रको बिकासका लागि सकारले एथेष्ट भूमिका खेल्ने उनले बताए । पछाडि पारिएको समुदाय दलित समुदाय अन्तरगत गाइन, बादी, थारु, मगर गुरुङका साथै महिलालाई आत्मनिर्भर बनाउन सीप मुलुक तालिमहरुको ब्यबस्था गरिने मुख्यमन्त्री चौधरीले आश्वासन बाँडेका थिए ।

बाजु बाजेको पालादेखि प्रयोगमा आएको दाङको कोइलाबास नाकाको बिकासका लागि २६ करोडको टेन्डर आह्वान भइसकेको भन्दै मुख्यमन्त्री चौधरीले त्यसलाई ब्यबस्थित गरेर लुम्बिनी प्रदेश राजधानीसंग जोडिने उनले भनाइ थियो । नाका खोलेर दाङको तुलसीपुरदेखि इण्डियाको तुलसीपुर बजारसंग प्रत्यक्ष जोड्ने गरि काम हुने मुख्यमन्त्री चौधरीले बताए ।

अहिले लुम्बिनी प्रदेश सरकारमा योजनाका चाङ रहेको भन्दै मुख्यमन्त्री चौधरीले एउटा टोलको बाटोको लागि समेत योजना लगेर प्रदेश सरकारमा पुगेको देखेर आश्चर्यमा परेको उनले बताए । त्यस्ता काम वडा तह र स्थानीय पालिकाबाट गराउन पनि उनले आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले बिगतमा आँफुले जिल्लामा बाह्रै महिना सिंचाइ सुबिधा पु¥याउने उदेश्यका साथ बृहत सिंचाइ परियोजना ल्याएको भन्दै अबपनि त्यसका लागि निरन्तर प्रयास जारी राख्ने बताएका थिए ।

उनले किसानले मल सहज रुपमा समयमै पाउनु पर्ने भन्दै टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तार, तुलसीपुर– घोराही चार लेन सडक बिस्तार जस्ता कार्यहरु पुरा गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले अव आफुहरुले राम्रो योजना छनोट गरेर त्यसलाई कायान्वयनमा ल्याउने बताए ।

उनले थुप्रैै योजनाहरु आफुहरु माझ आएको भन्दै क्रमागत रुपमा आवश्यकताको आधारमा त्यसलाई पुरा गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस दाङका सभापति शंकर प्रसाद डाँगी,संविधान सभा सदस्य वुद्धिराम भण्डारी, काँग्रेस नेता शंकर गिरी, नेपाल दलित संघ लुम्विनी प्रदेशका अध्यक्ष जोगेन्द्र विश्वकर्मा , महाधिवेशन प्रतिनिधि सुष्मा गिरीले आम नागरिकले महसुस गर्ने गरि बिकासका निर्माणको काममा लाग्न आग्रह गरेका थिए । उनीहरुले यस्तो वेला जनताले देख्ने गरि काम गर्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ३ क का सभापति देवेन्द्र रिजाल, ३ ख का उपसभापति दोर्ण देवकोटा, तुलसीपुर नगरसभापति सुरेश हमालले पार्टी प्रति मोह घटदै गएको भन्दै यसलाई गम्भिर रुपमा लिनुपर्ने बताए । उनले यसलाई मुख्य चुनौतीको रुपमा लिएको तर्क समेत गरे ।

कार्यक्रममा नेपाली काँग्रेस दंगीशरण गाउँपालिकाका सभापति शम्भु गिरी, शान्तिनगरका सभापति झलक केसीले गएको ५ बर्ष सम्म नभएका कामहरु र विकासहरु यो सरकारले गर्छ भन्ने आसा राखेको भन्दै त्यसलाई निरासामा बदल्न नहुने बताएका थिए ।

दाङ क्षेत्र नं. ३ खका सहसचिव भिमकान्त भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव पूर्णबहादुर केसीले गरेका थिए ।

साथै उक्त कार्यक्रममा लुम्विनी प्रदेशमा मुख्य मन्त्री डिल्लीबहादुर चौधरी र प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीलाई बधाई तथा सम्मान गरिएको थियो ।

त्यस अवसरमा वडा टोल, यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै योजना माग गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *