२०८३ बैशाख १५ गते मङ्गलवार

नक्कली भुटानी शरणार्थी प्रकरण ः सचिव पाण्डेसहित ४ जनाको बयान सकियो

काठमाण्डौ,जेठ १८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार थप चार जना प्रतिवादीको बयान लिइएको छ ।

प्रतिवादीहरु गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र रामशरण केसीको बयान लिइएको हो ।

उनीहरुको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा लिइएको हो।

बयान शुक्रबारबाट जिल्ला अदालत काठमाडौँ अदालतमा सुरु भएको हो। बयान शुक्रबारबाट जिल्ला अदालत काठमाडौँ अदालतमा सुरु भएको हो।
शुक्रबार सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो भने आइतबार प्रतिवादी टंककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो। यस प्रकरणमा पक्राउ परेका १७ जना मध्ये १२ जनाको आजसम्म बयान सकिएको छ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता गरेको छ। त्यस्तै १४ जनालाई फरार राखेकोमा १ जना पक्राउ परिसकेकी छन्। हाल १३ जना प्रहरीको फरार सूचीमा छन्।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *