दाङ, चैत २७ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ वर्ष २०७६ को सुरुवात देखि नै विभिन्न विरोध तथा नेपाल वन्दको कार्यक्रम आह्वान गरेको छ । यसले नयाँ वर्ष २०७६ साल धुमधामले मनाउन तयारीमा रहेका सर्वसाधारण निराश भएका छन् । यसका साथै नयाँ वर्ष २०७६ फेरि अशान्ति र मुठभेड बर्ष बन्ने हो कि भन्ने चिन्ताहरु पैदा भएका छन् ।
उक्त पार्टीले नयाँ वर्षको सुरुवात देखि नै विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गर्नुको साथै बैशाख ५ गते नेपाल वन्दको आह्वान गर्नुले पनि त्यसको आशंका पैदा भएको हो ।
त्यसका साथै वैशाख ६ गतेदेखि प्रधानमन्त्री सहभागी कार्यक्रममाथि प्रतिवन्ध लगाउन देशका विभिन्न भागमा वन्दको आयोजना गर्ने उक्त पार्टीले जनाएको छ । यसअघि पक्राउ परेका आफ्ना कार्यकर्ताको विना सर्त रिहा र सरकारी दमनको विरोध गर्दै आएको विप्लव नेतृत्वको नेकपामाथि सरकारले फागुन २८ गतेदेखि प्रतिवन्ध लगाउने निर्णय गरेपछि झनै चिढिएको छ ।
महासचिव विप्लवको नामवाट जारी प्रेस विज्ञप्तिमा सरकारलाई क्रान्तिमाथि दमन गरेर सिध्याउला वा आत्मसर्मपन गराउला भन्ने भ्रमपूर्ण मनोदशावाट मुक्त रहन सरकारलाई आग्रह गरिएको छ । साथै सरकार दमनमा उत्रिए त्यसको प्रतिकार गर्ने चेतावनी पनि दिइएको छ ।
यस्ता छन् विप्लवका विरोधका कार्यक्रम
१) वैशाख २६ गतेदेखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर
२) वैशाख २ गते कोण सभा
३) वैशाख ३ गते अन्तरक्रिया
४) वैशाख ४ गते मशाल जुलुस
५) वैशाख ५ गते नेपाल वन्द
६ ) वैशाख ६ गते वाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दका आयोजना तथा प्रतिवन्ध लगाउने ।
तर आम सर्वसाधारण नागरिक देशका फेरि विगतको जस्तो द्धन्द चाहि रहेका छैनन् । शान्ति पूर्ण वार्ता र संवात मार्फत उत्पन्न परिस्थितिको समाधान गर्न विभिन्न राजनीतिकदल, अधिकारकर्मी, बुद्धिजिवी सबैले सरकार र विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्दै आएका छन् । उद्योगी, व्यापारीलेहरुले पनि वन्दको विकल्प खोज्न आग्रह गर्दै आएका छन् । एकै दिनको वन्दले गर्दा मात्रै देशले अर्बौ रुपैंयाको घाटा बेहोर्नु पर्छ ।