२०८३ बैशाख १५ गते मङ्गलवार

कमजोर नेतृत्वको कारण काँग्रेसमा बितृष्णा पैदा भयो – शंकर गिरी

तुलसीपुर , जेठ १५ । नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व सांसद शंंकर गिरीले कार्यकर्ता भन्दा नेताका कारणले काँग्रेसमा बितृष्णा पैदा भएको बताएका छन् ।


काँग्रेस दाङ क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ ले सोमबार तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा १६औं गणतन्त्र दिवसका अबसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले कमजोर र लाचार नेतृत्वको कारण काँग्रेस भित्र समस्या पैदा भएको बताएका थिए ।

जनताको उत्साह उमंग र धेरै बीर सहिदहरुको बलिदानबाट गणतन्त्र प्राप्त भएपनि नेतृत्वले त्यसलाई आफ्नो स्वार्थका निम्ति प्रयोग गर्न खोजेपछि समस्या पैदा भएको तर्क नेता गिरीले गरेका थिए ।

‘पार्टी भित्र आफु ठिक र अरु बेठिक भन्नेहरुको हाबी भए,’ उनले भने ‘ यो चिन्ताको बिषय हो र यसका बिरुद्ध अब आन्तरिक लडाइ लड्न आवश्यक छ ।’पार्टीका नेताहरुको कार्यशैली र कृयाकलापका कारण गणतन्त्र माथि नै औंलाहरु उठ्न थालेको भन्दै उनले त्यसको मुल कारण असक्षम नेतृत्व रहेको बताएका थिए ।


रेशम चौधरी रिहाइ हुनु पार्टीका लागि अहितकर भएको उनले बताए । ‘ यसले प्रंचण्डलाई कति हानी गर्न मलाई थाँहा छैन,’ उनले भनेका थिए ‘ तर, रेशम चौधरीलाई आममाफी दिएपछि यसले काँग्रेसलाई भने अवश्य हानी गर्ने छ ।’

सर्बौच्च अदालतको निर्णयको मोसी सुक्न नपाउँदै र पूर्ण पाठ नआउँदै गरिएको आममाफी न्यायलय माथिको भद्दा मजाक भएको उनको टिप्पनी थियो ।

नेता गिरीले नक्कली भुटानी शरनार्थी प्रकरणमा पार्टीका नेताहरु पक्राउ पर्नुले इमान्दार र निष्ठाबान नेताहरुको छविमा आँच आएको भन्दै दोषी कुनैपनि हालतमा उम्कन नहुने बताएका थिए ।

‘पैसाको लागि स्वाभिमान र राष्ट्रियता बेच्न खोज्नु भन्दा अर्कौ खतरनाक कुरा के हुन सक्छ ,’ उनले प्रंश्न गरेका थिए ‘ यो चिन्ताको बिषय हो र यसका बिरुद्ध पार्टी भित्रका सक्षम युबा नेताहरु शसक्त रुपमा बुलन्द आवाज उठाउन आवश्यक छ ।’

नेता गिरीे नेतृत्व नै शंकाको घेरामा भएका कारण पार्टी नै शंकटको अवस्थामा पुगेको हुँदा अब पार्टीमा पुस्तान्तणको बिकल्प नरहेको बताएका थिए ।

काँग्रस भित्रका कमिकमजोरी र त्रुटि सच्याउदै त्याग गर्नु पर्नेले त्याग र समर्पण गर्नु पर्नेले समर्पण गर्न सके मात्र पार्टी गन्तव्यमा पुग्न सक्ने उनको कथन थियो ।


दाङ क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा ३ (१) का सभापति देबेन्द्र रिजालले पार्टी भित्र लोभिपापीहरु हाबी हुँदा इमान्दार कार्यकर्ता निराश बन्ने स्थिति आएपनि अब त्यसका बिरुद्ध इमान्दार कार्यकर्ता एक जुट भएर मुकाबिला गर्न जरुरी रहेको बताएका थिए ।


कार्यक्रमलाई महाधिवेशन प्रतिनिधि देबिका नेपाली गलत कुराका बिरुद्ध स्वतन्त्र रुपमा बोल्न आँट गर्न जरुरी रहेको बताएकी थिइन ।


कार्यक्रमलाई दंगीशरणका सभापति तथा गाउँपालिका अध्यक्ष शम्भु गिरी , नेताहरु ताराबहादुर कार्की, नेता गणेशकुमार खड्का, मुक्ति न्यौपाने , लक्ष्मण देबकोटा, भरतराज लामिछाने , गणेश बस्नेत , गणेशकुमार चौधरी, रमेश भण्डारी, शरदिन कुसारी , बिमल पौडेल लगाएतले सम्बोधन गरेका थिए ।


स्वागत मन्तब्य क्षेत्रीय सहसचिब भिमकान्त भट्टराईले राखेका थिए भने कार्यक्रम सहजिकरण क्षेत्रीय सचिब पुर्णबहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *