२०८३ जेष्ठ १५ गते शुक्रवार

आगामी आर्थिक वर्षका लागि बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

काठमाडौँ,जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यो चालू आवको भन्दा २.३७ प्रतिशत कम हो। चालु आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँकाे बजेट ल्याइएको थियो।

आगामी आवको कुल बजेटमा पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको १७.२५ प्रतिशत हो। चालू आवमा यो ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बजेट रहेको छ। जुन कुल बजेटको ६५.२० प्रतिशत हो।

यस्तै, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ४९ अर्ब ९४ करोड व्यहोर्दा रु ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ। सो न्यून रकम पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब १२ अर्ब ७५ करोड जुटाइने बजेटमा उल्लेख छ।

राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।

चालु आवको तुलनामा आगामी बजेटको सारांश
आगामी बजेट : १७ खर्ब ५१ अर्ब ३१ करोड
चालू आवको बजेट : १७ खर्ब ९३ अर्ब

आगामी चालू बजेट : ११ खर्ब ४१ अर्ब 
हाल चालू बजेट : ७ खर्ब ५३ अर्ब

आगामी पुँजीगत बजेट : ३ खर्ब २ अर्ब 
हाल पुँजीगत बजेट : ३ खर्ब ८० अर्ब 

आगामी वित्तीय व्यवस्थातर्फको बजेट : ३ खर्ब ७ अर्ब 
हाल वित्तीय व्यवस्थातर्फको बजेट :  २ खर्ब ३० अर्ब

आगामी वित्तीय हस्तान्तरणको रकम : ४ खर्ब  ८ करोड
हाल वित्तीय हस्तान्तरणको रकम  :  ४ खर्ब २९ अर्ब 

बजेटको स्रोत 
आगामी राजस्व :  १२ खर्ब  ४८ अर्ब 
हाल राजस्व : १२ खर्ब ४० अर्ब 

आगामी वैदेशिक अनुदान : ४९ अर्ब  ९४ करोड
हाल वैदेशिक अनुदान : ५५ अर्ब  

आगामी वैदेशिक ऋण :  २ खर्ब  १२ अर्ब 
हाल वैदेशिक ऋण : २ खर्ब ४२ अर्ब

आगामी आन्तरिक ऋण : २ खर्ब ४० अर्ब 
हाल आन्तरिक ऋण  : २ खर्ब ५६ अर्ब

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *