२०८२ चैत्र १ गते आइतवार

रेशमको आममाफीबिरुद्ध पीडितको रिट निवेदन

काठमाडौँ,जेठ १४ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलसजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई आममाफी दिने निर्णयबिरुद्ध उक्त घटनामा मारिएका प्रहरी अधिकारीकी श्रीमतीले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकी छन्।

मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमलाई आममाफी दिन सिफारिस गरी राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो।

सोहीबिरुद्ध टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले आइतबार दिउँसो सर्वोच्चमा रिट निवेदन पेश गरेकी हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका मौकामा रेशम चौधरीलाई आममाफी दिने गरी तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *