तुलसीपुर,जेठ १४ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दैछ।
दिउँसो १ बजे बैठक बस्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०/८१ को ‘प्रदेश विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता’माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची सार्वजनिक गरिएको छ।
यसैगरी, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची छ।
प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार