२०८२ चैत्र १ गते आइतवार

लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेसनको पहिलो बैठक आज


तुलसीपुर,जेठ १२ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेनसको पहिलो बैठक शुक्रबार बस्दैछ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेसन आह्वान गरेका थिए। सोही आधारमा प्रदेश सभाको दोस्रो अधिवेसनको पहिलो बैठक आज बस्न थालेको हो।

बैठकको सम्भावीत कार्यसूचीमा प्रदेश प्रमुखबाट प्रदेश सभाको अधिवेसन आह्वान सम्वन्धि पत्र सभामुखले पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट ‘मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन’ सम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउने रहेको छ।

यस्तै, दलको तर्फबाट प्रदेशसभा सदस्यहरुले शुभकामना मन्तब्य राख्ने, मुख्यमन्त्री एवं उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री डिल्लीबहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सभामा पेश गर्ने, स्वास्थ्य मन्त्री राजु खनालले’स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची छ।

त्यस्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्रीले दिने कार्यसूची रहेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *