२०७७ फाल्गुन २२ गते शनिवार

बस दुर्घटनाहुँदा ४ को मृत्यु

तस्बिर : मकालु खबर

सुनसरी , २५ चैत । बस दुर्घटना हुँदा ८ महिनाका बालकसहित ४ जनाको मृत्यु भएको छ । ना ६ ख २७१३ नम्बरको बस धनकुटाबाट धरान तर्फ आउँदै गरेको यात्रुवाहक बस जिरो प्वाइन्टमा दुर्घटनामा हुँदा ४ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन ।

उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा बसका चालक धरान ८ का चक्रबहादुर गुरुङ, धनकुटा चौबीसे १ का दलबहादुर मगर रहेका छन् भने अन्य दुईको सनाखत हुन सकेको छैन ।

घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *