घोराही,जेठ २ । घोराही ७ सौडियार स्थित मावि सौडियार विद्यालयमा विद्यालय ब्यवस्थापन समितिले आज छड्के अनुगमन गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य जिउधन चौधरीको नेतृत्वमा पुगेको टोलिले विद्यालयको छड्के अनुगमन गरेको हो ।
अनुगमनकाक्रममा विद्यालयमा शिक्षकहरु विना निवेदन विदामा बस्ने गरेको भेटिएको छ ।
अनुगमनमा खटिएका विब्यस सदस्य चौधरीले निमावि तहका शिक्षक मोति केसि, वाल विकास केन्द्रकि शिक्षीका शुभद्रा भण्डारी, मावि तहका शिक्षक नारायण भण्डारी, लेखापाल केशव केसि विना निवेदन विदा बसेको जानकारी दिए ।
चौधरीले विद्यालयका शिक्षकलाई पटक–पटक निवेदन दिएर विदामा बस्न सुचना गरेपनि अटेर गरेपछी आज छड्के अनुगमन गरीएको बताए । उनले यो अनुगमन निरन्तर चल्ने पनि बताए ।
उनले विना निवेदन विदा बसेकालाई पहिलो पटक सचेत गराउन विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई निर्देशन दिईएको र फेरी पनि अटेर गरे शिक्षा ऐन, नियम अनुसार कारवाही हुने जानकारी गराईएको बताए ।
उनले विना निवेदन विदामा बस्ने कुरा विब्यसले नमान्ने पनि चेतावानि दिए ।