२०८३ असार ३० गते मङ्गलवार

तीन दलको बैठक ः नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित नपार्ने सहमति

काठमाडौँ ,बैशाख ३१ । आइतबार बिहान तीन दलका शीर्ष नेताहरुको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठेको छ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको बैठकमा शरणार्थी प्रकरणबारे केहीबेर छलफल भएको छ।

एमाले संसदीय दलका नेता सुवास नेम्वाङले तीन दलका नेताहरु मात्रै बैठकमा बस्दा हिजोआज बाहिर राम्रो सन्देश नएको भन्दै शरणार्थी प्रकरणको प्रसंग निकालेका थिए।

बैठकमा भएको कुराकानीबारे जानकारी दिँदै उनले भने, ‘मैंले अहिलको अवस्थामा तपाईहरु तीन नेता त बस्ने बित्तिकै भूटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ। मैले तपाईहरुको तर्फबाट सोधेको हो, प्रधानमन्त्रीज्यु र नेताहरुलाई । तपाईहरु तीन जना नेता त जुनसुकै बेला बसिरहनुपर्छ, एक ठाउँमा बस्नु अचम्मको कुरा होइन, तर यो विषयलाई लिएर एउटा चासो छ, कथं कदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निस्कर्षमा छौँ, त्यो संविधान कानून बमोजिम निस्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ दिनुभयो छ।’

नेम्वाङले तीन दलका नेता एक ठाउँमा बस्दा भन्दा नबस्दा चाहिँ प्रश्न उठाउनुपर्ने बताए।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *