२०८२ चैत्र २ गते सोमवार

छिट्टै सरकारले पूर्णता पाउँछ – मुख्यमन्त्री चौधरी

तुलसीपुर, बैशाख २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छिट्टै सरकारले पूर्णता पाउने बताएका छन ।

गृहनगर दाङको तुलसीपुरमा पत्रकारहरुलाई प्रतिक्रिया दिदै मुख्यमन्त्री चौधरीले दुई चार दिन भित्रै सरकारलाई पूर्णता दिने तयारीमा लागेको जानकारी दिए ।

बैशाख १२ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री बिनाबिभागिय मन्त्रीको रुपमा नियुक्त गरेका थिए ।


चलेको चर्चा अनुसार काँग्रेसले ४ र माओबादीले ३ मन्त्रालयहरु पाउने सहमती भएको छ । यसअघि नै साना दलहरुबाट दुई मन्त्री नियुक्त भइ सकेका छन् । चौधरी आठ दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । समर्थन गरेका अन्य दलहरुले पनि मन्त्रीमण्डलमा भागबण्डा खोजे सरकार टिकाइ राख्न मन्त्रालयको संख्या थप्न चौधरी बाध्य हुने छन् ।

यसअघिका नेकपा एमलेका नेता तथा मुख्यमन्त्री लीला गिरीले मन्त्रालयको संख्या घटाएर दशमा झारेका थिए ।
मन्त्रालयको संख्या थप्न लागेको बारे प्रश्न गर्दा मुख्यमन्त्री चौधरीले स्पष्ट केही बोल्न चाहेनन् ।

दुई चार दिन पर्खन आग्रह गर्दै उनले त्यसपछि मन्त्रालय थप्ने वा नथप्ने भन्ने कुरा सबै थाहाँ भइ हाल्ने बताएका थिए । उनलाई छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने चुनौति छ ।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *