वीरगञ्ज,बैशाख ११ । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवातमा अग्रता बनाएका छन्।
जारी मतगणनाअनुसार यादवले २२४ मत ल्याएका छन्।
जनमतका शिवचन्द्र कुशवाहाले १७०, एमालेका पुरुषोत्तम पौडेलले १६७ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्। मतगणना जारी छ।
मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो।
यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार