२०८३ बैशाख ४ गते शुक्रवार

आफ्नो उजुरीमाथि निर्णय नभएसम्म चितवनको मतगणना हुन नदिने कांग्रेसको अडान


काठमाडौं,बैशाख ११ । चितवन २ मा भएकाे उपनिर्वाचनकाे मतगणाना आज नहुने भएको छ ।

भर्खरै सबै मतपेटिका भने मतगणना स्थल ल्याइएको छ । कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मत गणना हुन नदिने जनाएको छ ।

कांग्रेस सभापति राजेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारी विरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने बताए ।

मतगणना स्थलमा दलका प्रतिनिधिको उपस्थितिमा सर्वदलीय बैठक बस्ने तयारी छ । बैठकको निर्णय नआउँदै कांग्रेसले उजुरीको छिनोफानो भएपछि मात्रै मतगणना सञ्चालन हुन दिने बताएको हो ।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *