२०८१ माघ २६ गते शनिवार

लमहीमा काँग्रेसको क्षेत्रीय पार्टी कार्यालयको शिलन्यास

प्रियास्मृति गजमेर-शिवु खनाल,
देउखुरी, चैत २० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दाङको लमहीमा क्षेत्रीय पार्टी कार्यालयको शिलन्यास गरेका छन् । दाङको निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसले निर्माण गर्न लागेको क्षेत्रीय पार्टी कार्यालयको देउवाले एक औपचारिक कार्यक्रमका बीच बुधवार विहान धार्मिक विधि पूर्वक शिलन्यास गरेका हुन ।

लमही नगरपालिकाको रातो डाँडामा निर्माण गर्न लागिएको काँग्रेस क्षेत्रीय पार्टी कार्यालय तीन तलाको निर्माण गरिने छ । काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले दुई वर्ष भित्रमा निर्माण गरि सक्ने लक्ष्य रहेको बताए । झन्डै १५ लाख रुपैंयामा भवन निर्माणेको पहिलो चरणको काम सक्ने क्षेत्रीय सभापति पाण्डेले बताए । रातो डाँडामा काँग्रेसको क्षेत्रीय पार्टी कार्यालय निर्माण गर्ने जग्गा भने लमही नगर बिकास समितिले उपलब्ध गराएको हो । विकास समितिले दिएको तीन कठ्ठाको क्षेत्रफलमा पार्टी कार्यालय निर्माण गर्न लागिएको छ ।

कार्यक्रममा स्वर्गीय नेता खुमबहादुर खड्काको धर्मपत्नि तथा काँग्रेस केन्द्रीय शिला खड्का, केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, सांसद बिमला नेपाली, लगाएतका नेता कार्यकर्ताको सहभागिता थियो । यसैबीच पार्टी सभापति देउवाले दिउँसो लमहीमा नेता कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *