दाङ,बैशाख ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते पुनः विश्वासको मत लिने भएका छन्।
नेकपा माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्ण कुमालले जानकारी दिए।
लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्।
एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ। लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन्।
८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ। प्रदेशसभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
मुख्यमन्त्री गिरीले गत माघको ५ गते विश्वासको मत लिएका थिए। गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।