
फाइल तस्बिर
दाङ, चैत २० । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले नेपाली काग्रेसले निर्माण गर्न थालेको क्षेत्रीय पार्टी कार्यालयको शिलन्यास गर्न देउवा दाङ आएका हुन ।
नेपाली काँग्रेस क्षेत्र न.१ ले सोमवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टी सभापति दाङ आउन थालेको बारेमा जानकारी दिएको हो । २० गते विहान लमहीको रातो डाडामा क्षेत्रीय पार्टी कार्यालयको शिलन्यास र दिउँसो लमहीमा क्षेत्रीय कार्यकर्ता भेलालाई संवोधन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस क्षेत्र नं. १का क्षेत्रीय सभापति भेषराज पाण्डेयले बताए ।
कार्यक्रममा पार्टी सभापति देउवासँगै नेपाली काग्रेसका केन्द्रीय शिला खड्का, केन्द्रीय सदस्य पार्वति डिसी चौधरी, सासद बिमला नेपाली, पूर्व सांसद कृष्ण किशोर घिमिरे,सुशीला चौधरीलगायतका नेताहरु दाङ आएका हुन् ।
करिव १५ लाख रुपैयाँको लागतमा पार्टी कार्यालय निर्माण गरिन थालिएको छ । ३ तले भवन २ बर्षभित्र निर्माण हुनेछ । पार्टी कार्यालय निर्माणका लागि लमही नगर बिकास समितिले ३ कटठा जग्गा पार्टीलाई दिएको थियो ।