२०७७ कार्तिक ४ गते मङ्गलवार

रावत राप्ती बबई क्याम्पस प्रमुखमा नियुक्त


तुलसीपुर, १७ चैत ।
पश्चिम दाङको शैक्षिकथलो राप्ती बबई क्याम्पस तुलसीपुरमा नयाँ क्याम्पस प्रमुख चयन भएका छन् । क्याम्पसका उपप्राध्यापक युवराज रावत आइतबार नयाँ क्याम्पस प्रमुखको रुपमा नियुक्त भएका हुन् ।

सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पस सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ क्यामपस प्रमुख चयन गर्ने निर्णय अनुसार क्याम्पस सञ्चालन नियमावली २०७३ (७) (ख) अनुसार कार्यसमितिको बैठकले सर्वसम्मत क्याम्पस प्रमुखको रुपमा युवराज रावतलाई नियुक्त गर्ने निर्णय गरेको समितिका कोषाध्यक्ष विनिल केसीले बताए ।

उनले सोमबारदेखि नै नवनियुक्त क्याम्पस प्रमुखले जिम्मेवारी समाल्ने बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको अध्यक्षतामा बसेको थियो । सञ्चालनक समितिको बैठकले निवर्तमान क्याम्पस प्रमुख लक्ष्मणकुमार रेग्मीलाई धन्यवाद दिने निर्णयसमेत गरेको छ ।

क्याम्पस प्रमुखको जिम्मेवारीमा रही कुशलतापूर्वका कार्य सम्पादन गरी कार्यकाल सफल भएकोमा धन्यवाद दिने निर्णय गरिएको केसीले बताए ।

प्रकाशित मिति : २०७५ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *