तुलसीपुर, चैत २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिदेशमा मासिक डेढ लाख कमाउनु भन्दा स्वदेशको १५ हजार कमाउनेले जित्ने बताएका छन् ।
दाङको तुलसीपुरमा निर्माणाधित सात तले बहुउदेश्य ‘तुलसी ट्रेड टावर’को सिलन्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गिरीले अब युवाहरुलाई संझाइ बुझाएर स्वदेशमै राख्न जरुरी रहेको जोड दिए ।
‘बिदेशमा गएर डेढ लाख कमाउनु भन्दा यहाँ मासिक १५ हजार कमाउनेले जित्छ,’ उनले भने ‘ एक जनाले १५ हजार कमाउँदा घरको अर्कौ सदस्यले पनि त्यति कमाउँ छ र घरको जग्गा जमिनमा पनि आँफै काम गर्छ अनि परिवार राम्रो संग चलाउन सकिन्छ ।’
ठूलो महत्वाकाँक्षा बोक्न नहुने भन्दै अलिकता जुँगाको रेखी बस्ना साथ बिदेश ताक्ने रोगको अन्त्य गरिनु पर्ने उनले बताए ।
‘ अलिकता जुँगाको रेखा बस्न थाल्यो भने हाम्रा युवा पिढी पढ्न छोडेर पढेर के हुन्छ र जागिर पाइदैन भन्ने रोग पालेर बिदेश पलाएन हुन थालेका छन्,’ उनले अगाडि भने ‘ मन र दिमागमा त्यो कुरा बोक्ने परम्पराको अन्त्य गरिनु नितान्त आवश्यक छ ।’
बाबु आमालाई लाखौं लाख ऋण बोकाएर बिभिन्न बाहाना बिदेशमा जाने युवाले बिदेश पुगेपछि मात्रै आँफु पछुताउने गरेको मुख्यमन्त्री गिरीले बताए ।
एक हिसाबले बिदेशमा जाने युवाहरु ट्रयापमा परेपछि मात्रै पछुताउने गरेको भन्दै मुख्यमन्त्री गिरीले त्यस्ता युवालाई बाबु आमा र समाजले उचित सल्लाह दिएर स्वदेशमै केही गर्न सल्लाह दिनुपर्ने धारणा राखे ।
‘ एउटा पुस्ताले १० बर्षदेखि २५ बर्षसम्म यो मुलुक बनाउन मेहनत नगर्ने हो भने हामी दशकौंसम्म अझैंपनि परनिर्भताको अवस्थामा रहने छौं,’ उनले भनेका थिए ‘ त्यसले हामी पिल्सदै जाने छौं र हामीलाई शक्ति केन्द्रहरुले झनै दबाउँदै जाने छन् ।’
यो रोक्न आधुनिक तथा प्राबिधिक शिक्षा र कृषि क्षेत्रमा लागनी बढाउन आवश्यक रहेको उनले बताए ।
फरक प्रशंगमा उनले पछिल्लो समय बिभिन्न बाहानामा संघीयता माथि प्रहार भइरहेको भन्दै त्यसका बिरुद्ध सबै एकजुट हुन उनले आग्रह गरेका थिए ।
उनले दाङको सीमाना नाका कोइलाबासलाई पुनः जिवन्त तुल्याउन पहल गरिनुपर्ने, उत्तर दक्षिणका बाटाहरु कालोपत्रे गरिनु पर्ने, जिल्ला जोड्न बिभिन्न पहाड छिचोल्दै सुरुङ मार्गहरु निर्माण गरिनु पर्ने जस्ता चर्चाहरु गरेका थिए ।