२०८१ बैशाख ८ गते शनिवार

खड्काको सपना साकार पार्न एकतावद्ध भएर अगाडि बढ्न आवश्यकः नेताहरु

राजेश खत्री,
दाङ, चैत १७ । जनप्रेमी नेता स्वर्गीय खुमबहादुर खड्काको सपना साकार पार्न काँग्रेस भित्र साझा संकल्प आवश्यक रहेको नेताहरुले बताएका छन् ।

शनिवार स्वर्गीय नेता खड्काको प्रथम बार्षिक पुन्यतिथिको अवसरमा राप्ती मावि लमही ८ सतवरियामा आयोजित स्मृति कार्यक्रमलाई सम्वोधन गर्ने नेताहरुले प्रजातन्त्र प्रेमी खुमबहादुर खड्काले निधनले काँग्रेसलाई अपुरनिय क्षति पुगेको बताएका छन् । स्मृति दिवसलाई सम्वोधन गर्दै खड्की धर्मपत्नि तथा काँग्रेस केन्द्रीय सदस्य सीला खड्काले खुमबहादुर खड्कालाई पञ्चायत कालमै तत्कालिन राजाहरुले टाउको मुल्य ५० हजार तोकेको स्मरण गरिन । ‘उहाँ क्रान्ति नायक, एउटा बीर योद्धा हुनुहुन्थ्यो । जो देशमा प्रजातन्त्र स्थापनकाको लागि जीवनको समेत प्रवाह नगरी क्रान्तिमा होमिनु भएको थियो,’ नेता खड्काले भनिन् । त्यस्तै उनले आफ्ना स्वर्गीय पति खड्कालाई कार्यकर्ता अति नै माया गर्ने एउटा राष्ट्र प्रेमी र प्रजातन्त्र प्रेमी नेताको रुपमा चित्रण गरिन । ‘उहाँ खुमबहादुर खड्का भनेको एउटा इतिहास हो । असाधन मान्छे हो जस्तो मलाई लाग्छ, उहाँ मेरा पति मात्रै हैन, त्यो भन्दा तपाँईको प्रिय नेता हो,’ खड्काले भनिन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व सांसद तथा पूर्व पार्टी सभापति गेहेन्द्र गिरीले खुमबहादुर खड्कालाई अदम्य साहाश भएको एउटा क्रान्ति नायकको रुपमा अथ्र्याएका थिए । उनले खुमबहादुर खड्काको गुण र विषेशता शब्दमा व्याख्या गर्न असंभव रहेको बताए । खड्काको निधनले समग्र पार्टी पंक्ति र विषेश गरि दाङ जिल्लालाई अपुरणिय क्षति पुगेको हुँदा अब साझा संकल्पका साथ काँग्रेसलाई कसरी जोगाउने भन्ने वारे विचार विमर्ष गर्न आवश्यक रहेको पूर्व पार्टी सभापति घनश्याम रेग्मीले बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रियसभा सदस्य अनिता देवकोटाले नेता खड्काको निधनले काँग्रेस दाङ टुहुरो भएको बताइन । उनले शोकलाई शक्तिमा बदलेर काँग्रेस अव संकल्पका साथ अगाडि बढ्नुपर्ने बताइन ।

अनुराग खड्का । तस्बिर : राजेश खत्री

पूर्व सांसद बुद्धिराम भण्डारीले स्वर्गीय नेता खड्कालाई नेपोलियन बनोपार्ट संग तुलना गरे । ‘सय कम्युनिष्ट बरावर एक्लै खुमबहादुर समान थियो,’ भण्डारीले भने । उनले खुमबहादुर खड्कालाई विकाश प्रेमी नेता मात्रै भन्नु गतल हुने भन्दै असन्तुष्टि जाहेर गरेका थिए । पूर्व सांदस राजु खनालले खुमबहादुर खड्काको अवसानले अपुरनिय क्षति भएको भन्दै त्यो रिक्तता पुरा गर्न अब एक जुट भएर सामुहिक नेतृत्वमा जानुपर्ने बताए ।

नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रेदशसभा सदस्य अर्जुन कुमार श्रेष्ठ, पूर्व सांसदहरु कृष्णकिशोर घिमिरे, सुशीला चौधरी, पूर्व जिल्ला सभापति मोहनलाल वली, जिल्ला उपाध्यक्ष कमानसिंह भारती, जिल्ला सचिव टेकबहादुर वली, नेता हरिप्रशाद रजौरे, क्षेत्र नं. १ सभापति भेषराज पाण्डे, २ का सभापति गिरिराज सुवेदी, ३ सभापति भुपबहादुर डाँगी,४ का सभापति जगतबहादुर खड्का, नेपाल दलित संघका जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा, तरुण दलका अध्यक्ष टिका घर्ती, महिला संघकी अध्यक्ष गोमा रावत लगाएत अन्य दर्जन बढीले सम्वोधन गरेका थिए ।

अनुरागले भने – नआत्तिनुहोला, नडराउनु होला
कार्यक्रममा उपस्थित सबैलाई सम्वोधन गर्दै खुमबहादुर खड्काका छोरा अनुराग खड्काले काँग्रेस जन सबै एक ढिक्का भएर संगै हिड्न आवश्यक रहेको बताएका छन् । ‘ न आत्तिनुहोला, नडराउनु होला, हामी बीचमा बुवा आज नभएपनि उहाँले हामीलाई माथिवाट हेरीरहनु भएको छ,उहाँको आर्शिवाद हामीसंगै रहने छ,’ अनुरागले भनेका थिए ।

विद्यालयमा २ लाखको अक्षय कोष स्थापना
स्वर्गीय नेता खुमबहादुर खड्काको स्मृतिमा खड्का परिवारले गृह नगर लमही नगरपालिका वडा नं. ८ सतवरियास्थित राप्ती माविमा २ लाखको अक्षय कोष स्थापना गरेको छ । खड्काकी धर्मपत्नि तथा केन्द्रीय सदस्य सीला खड्का, छोरा अनुराग, छोरी पुनमले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर खड्कालाई २ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन । उक्त अक्षय कोषवाट विद्यालयका जेहेन्दार विद्यार्थीलाई बार्षिक रुपमा पोत्साहन स्वरुप पुरुस्कार वितरण गरिने भएको छ ।

काँग्रेस दाङले खुमबहादुरको स्मारिका प्रकाशित गर्ने
नेपाली काँग्रेस दाङले स्वर्गीय नेता खुमबहादुर खड्काको स्मृतिमा स्मारिका प्रकाशित गर्ने भएको छ । जिल्ला सचिव शंकरप्रशाद डाँगीले दंगाली जनताका प्रिय नेता स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा काँग्रेस दाङले स्मारिका प्रकाशित गर्न तयारी गरिरहेको जानकारी दिए । ‘काँग्रेस दाङ जनताका प्रिय नेता खुमबहादुरको स्मारिका प्रकासित गर्ने तयारीमा छ, नेता खड्काको बारेमा तपाँई आफुसंग रहेका लेख रचना र नयाँ कुरा भए दिनुहोला,’ जिल्ला सचिव डाँगीले भने । उनले स्वर्गीय नेता खड्काले हरेक व्यक्तिसंग व्यक्तिगत सम्वन्ध स्थापित गरेको हुँदा सबैले त्यो बारेमा नयाँ कुराहरु लेखेर दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *