२०८३ बैशाख १७ गते बिहिवार

प्रहरीद्वारा अफिम खेती नष्ट

रुकुम पश्चिम ,चैत १९ । रुकुम पश्चिममा प्रहरीले झण्डै सात रोपनी बारीमा लगाइएको अफिम खेती नष्ट गरेको

रुकुमको आठबिसकोट नगरपालिका-१३ मा रहेको हम्फामा लगाइएको अफिम खेतीको फँडानी गरिएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार छुट्टाछुट्टै ठाउँमा गरेर झण्डै सात रोपनी जग्गामा अफिम खेती गरिएको थियो ।

इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा गएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो ।

अफिमको खेती कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *