२०८१ मङ्सिर २९ गते शनिवार

मावि सौडियारमा नयाँ शैक्षिक शत्रवाट अग्रेंजी माध्यमवाट पढाई सुरु हुने

घोराही,चैत १४ । मावि सौडियारमा नयाँ शैक्षिक शत्रवाट अग्रेजि माध्यमवाट पठन पाठन सुरु गर्ने तयारी गरेको छ ।

विद्यालयमा प्ले गु्रपदेखी नर्सरी, एल केजि, युकेजिसहीत कक्षा ५ सम्म नै अग्रेजि माध्यमवाट पढाई सुरु गर्ने गरी तयारी सुरु गरीएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइले बताए ।

उनले विद्यार्थि र शिक्षकलाई नियमित गराउन नयाँ शैक्षिक शत्रवाट नै विद्युतिय हाजीरी सुरु हुने भन्दै तत्काल मन्टेश्वरी व्लक निर्माण गरेर नयाँ स्वयमसेवक शिक्षक प्रवन्ध गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधार गरीने बताए ।

खेलकुद र नृत्य शिक्षकको ब्यवस्था गर्नका लागि पनि विद्यालयले योजना बनाएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थिको सख्या अत्यन्तै न्युन भएको भन्दै विद्यालयले वार्षिक परीक्षा सकिए लगत्तै नयाँ भर्ना अभियानमा जुट्ने अध्यक्ष भट्टराईले बताए ।

विद्यालयमा विद्यार्थि सख्या बढाउन सबैखाले योजना अघी बढाइएकाले अभिभावकले एक पटक विश्वास गरेर नयाँ शैक्षिक शत्रका लागि विद्यार्थि भर्ना गरीदिन विद्यालयले आग्रह गरेको छ ।

नयाँ प्रविधिलाई आत्मसात गर्दै प्ले गु्रपदेखी नै खेल्दै, पढ्दै गर्ने विधि अनुरुप मन्टेश्वरी तालिम प्राप्त शिक्षकहरुवाट पढाई सञ्चालन गरीने विद्यालय ब्यवस्थापन समिति सदस्य जिउधन चौधरीले बताए ।

विद्यालयमा स्वयमसेवक शिक्षक भई काम गर्न इच्छुक तालिम प्राप्त स्थानीय सहित अन्य शैक्षिक जनशक्तिलाई विद्यालयमा निवेदन दिन पनि सदस्य चौधरीले बताए ।

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *