२०८२ असार ५ गते शुक्रवार

दर्शकको साथ र मायाले उत्साहित छु : पल शाह

निरला अर्याल,तुलसीपुर ,चैत्र ११। अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जागर आएको बताएका छन ।

दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उनको भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वगत सम्मान तथा साक्षात्कारमा बोल्दै शाहले भने:’विगत एक वर्षदेखि आफू ओझेलमा हुँदा पनि आम दर्शक र गृह जिल्ला बासीले गरेको माया र साथलाई कहिले पनि भुल्दिन ‘ अभिनेता शाहले दर्शकको मायालाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

आफूलाई विभिन्न क्षेत्र बाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा माया गर्ने दर्शकहरुलाई धन्यबाद पनि दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङको निवर्तमान उपाध्यक्ष लीला शाह, सचिव आर के शितल, सहसचिव दीप्तिशिखा चौधरी, चलचित्र पत्रकार संघ दाङ का सल्लाहकार शरद रेग्मी लगायतकाले उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण संघकाे सचिव निरला अर्यालले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ चैत्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *