२०८२ चैत्र ३० गते सोमवार

दोस्रो विशाल लुम्वीनी लोकदोहोरी अवार्ड २०७९ को पर्व गायक अवार्ड घर्तिलाई

तुलसीपुर,चैत ८ । दोस्रो विशाल लुम्वीनी लोकदोहोरी अवार्ड २०७९ को पर्व गायक अवार्ड दाङका प्रेम विवश घर्ती मगरले जितेका छन् ।

चैत ७ गते काठमाडौंको पर्यटन वोर्ड भृकुटी मण्डपमा भव्यताकासाथ अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

विशाल मुभिज प्रालीका प्रवन्धक हुम गैरेको अध्यक्षता तथा पूर्व कृषिमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माकोे प्रमुख आतिथ्यतामा भएको अवार्ड कार्यक्रममा गायक घर्तीले तिज गीत “नास सारी सरक्क” बाट सर्वोत्कृष्ट पर्व गीत गायकमा अवार्ड जित्न सफल भएका हुन् ।

कार्यक्रममा गायक घर्तीमगरले बुद्ध जन्मे लुम्बीनी राष्ट्रिय भावको गीत समेत प्रस्तुत गरेर सबैलाई नचाएका थिए ।

घर्तिले २०६२ सालमा रेडियो नेपालबाट लोक गीत विद्यामा स्वर परिक्षा उतिर्ण गरे सँगै विभिन्न लोक तथा दोहोरी गीत एल्वम दर्शक श्रोतामाझ ल्याएका छन् ।

उनले २०७१ सालदेखि निरन्तर तिज गीत एल्वम पनी दर्शक श्रोतामाझ पस्किदै आएका छन् ।

गायक घर्तीमगरले यस अघी सुन्दरादेवी म्यूजिक अवार्ड २०७५ “हाम्रो नेपाल राम्रो नेपाल” राष्ट्रिय भावको गीतबाट, त्यसैगरि भाषिक गीततर्फ “गर्मी बढ्यो चर्को छ हेर घाम” बाट नेशनल ब्राण्ड म्युजिक अवार्ड २०७८ को जुरी अवार्ड पनि जितिसकेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी विश्वकर्माले लोक गीत संगीत राष्ट्रको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा लोक तथा दोहोरी गीत सँग सम्बन्धित ३१ विद्यामा ५५ जना कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *