२०८१ बैशाख ६ गते बिहिवार

निषेध हैन, संवादबाट विप्लवको समस्या हलः गिरी


दाङ, चैत १२ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ता र संवादमार्फत राज्यको मुलधारमा ल्याउनुपर्ने बताएका छन् । गृह जिल्ला दाङमा आएका पूर्व सिंचाई मन्त्रीसमेत रहेका गिरीले मंगलबार फरक कोणसँगको संवादमा लोकतन्त्रमा सबै विचार समूहको सम्मान हुनुपर्ने तर्क गरे । ‘निषेध हैन, संवादमार्फत विप्लवको समस्या हल गर्न सरकार लाग्नु नै बुद्धिमानी हुनेछ’ नेता गिरीले भने ।

लोकतन्त्रका नायक गिरिजाबाबुले तत्कालिन समयमा सशस्त्र द्वन्द्वरत माओवादीलाई वार्ता र संवादको माध्यमबाट नै राज्यको मुलधारमा ल्याएको स्मरण गर्दै काँग्रेस नेता गिरीले निषेध झनै प्रतिउत्पादक हुन सम्भावना औंल्याए । हत्या, हिंसा र बम विस्फोटजस्ता कार्यले नेपाल र नेपालीको मात्रै क्षति हुने हुँदा आफ्ना एजेण्डाका साथ खुल्ला रुपमा जनताको माझमा आउन नेता गिरीले आग्रह गरे ।

निर्मला हत्या काण्ड, वाइडवडी, होली वाइन, सुनकाण्डजस्ता घटनाहरु त्यसको प्रमाण भएको उनले दाबी गरे । ‘यो सरकार हामीले ल्याएका विकासे योजनाहरुमा हाल रजाइ गरिरहेको छ’ नेता गिरीले भने ‘यत्ति बुझ्नुहोस् उसैका मतदाता आजै वाक्कदिक्क भइसकेका छन् ।’


तर नेता गिरीले सिके राउतसँग भएको सम्झौंतामा सरकार नराम्रोसँग चुकेको उनले बताए । ‘सम्झौंताले भ्रम पैदा भएको छ, त्यो अन्यौंंलता चिर्न सरकार लाग्नुपर्छ,’ नेता गिरीले भने । आफूलाई ठूलो राष्ट्रियतावादी ठान्ने केपी शर्मा ओलीका गतिविधि हाल आएर त्यस विपरीत पाइएको भन्दै नेता गिरीले आलोचना गरे ।

दुई तिहाइको सरकार अलमलिएको बताएका उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको आरोप लगाए । निर्मला हत्या काण्ड, वाइडवडी, होली वाइन, सुनकाण्डजस्ता घटनाहरु त्यसको प्रमाण भएको उनले दाबी गरे । ‘यो सरकार हामीले ल्याएका विकासे योजनाहरुमा हाल रजाइ गरिरहेको छ’ नेता गिरीले भने ‘यत्ति बुझ्नुहोस् उसैका मतदाता आजै वाक्कदिक्क भइसकेका छन् ।’

टरिगाउँ एयरपोर्टमा गैर कानुनी उडान

फरक प्रसङ्गमा नेता गिरीले टरिगाउँ एयरपोर्टमा गैरकानुनी रुपमा हवाईजहाज उडान भइरहेको बताएका छन् । ‘विश्वमा कहि कतै उडान नपाउने विमान यही गैरकानुनी रुपमा उडाइएको छ,’ नेता गिरीले भने ।

टरिगाउँलाई नेपालकै ‘ए’क्लासको डोमेस्टिक एयरपोर्टका रुपमा विकास गर्न सकिने दाबी गरेका उनले यसको इतिहास समाप्त पार्ने षड्न्त्र भए त्यो नेपाली काँग्रेसलाई सैह्य नहुने चेतावनी दिए । ‘पहिला टरिगाउँ एयरपोर्टको विकास गरियोस्, त्यसपछि बल्ल अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण गरियोस्’ नेता गिरीले भने ।

आफू मन्त्री हुँदा झन्डै एक महिना लगाएर धावन मार्ग विस्तारको लागि डिटेल सर्भे भएको भएपनि पछि त्यो कामलाई अगाडि नबढाइएको भन्दै रोष प्रकट गरे । त्यस्तै उनले आफ्नो पालामा सुरु भएको बृहत दाङ सिंचाई आयोजनाको काम अगाडि बढाउन सरकारले आनाकानी गरेको भन्दै असन्तुष्टी पोखे ।

प्रकाशित मिति : २०७५ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *